IME Life New

सानिमा लाईफद्वारा माइक्रो इन्स्योरेन्स अन्तर्गतको म्यादी बीमा योजनामा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स अन्तर्गतको म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । विभिन्न लघुवित्त कम्पनीबाट ऋण लिने ऋणीलाई मात्रै लक्षित गरी सानिमा लाईफले लघु बीमा कार्यक्रम अन्तर्गत म्यादी बीमा योजना सार्वजनिक गरेको हो ।

Esewa
Crest

सानिमा लाईफ इन्स्योरेन्सका कर्पोरेट व्यापार प्रमुख गुणराज श्रेष्ठका अनुसार वित्तीय संस्था र ऋणी दुवैलाई फाइदा हुने ऋणीको म्यादी जीवन बीमा सार्वजनिक गरिएको हो । ‘सानिमा कर्जा म्यादी बीमा’ नाम दिइएको यस योजनामा ऋणी मात्रै सहभागी हुन पाउनेछन् । प्रिमियम फिर्ता नहुने म्यादी बीमाको प्रिमियम समेत निकै सस्तो रहेको छ । सानिमा लाईफले नेपालकै सबैभन्दा सस्तो प्रिमियममा म्यादी बीमा योजना सार्वजनिक गरिएको जनाएको छ । श्रेष्ठले भने, ‘प्रतिहजार ३.९० रुपैयाँमा नेपालकै सबैभन्दा सस्तो लघुम्यादी बीमा हामीले सुरु गरेका छौं ।’

यस योजना अन्तर्गत लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन भएको अवस्थामा उक्त ऋणको भुक्तानीको जोखिम यस बीमा योजनाले व्यहोर्नेछ ।

यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थामा मृतक व्यक्तिको नाममा रहेको ऋण बीमा दावी भुक्तानी बापत भुक्तानी गरिनेछ ।

कम्पनीका अनुसार १६ देखि ६९ वर्षसम्म उमेरका व्यक्तिहरुले यो बीमा योजना लिन सक्नेछन् । त्यस्तै, न्यूनतम बीमांक रकम ५ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म बीमा गर्न सकिने यस योजनामा सबै उमेर समुहका ऋणलाई समान दररेटमा प्रिमियम निर्धारण गरिएको छ । यस बीमा योजनामा सुविधा समेत थप गरेर लिन सकिने कम्पनीले जनाएको छ । प्रिमियम थप गरी ऋणको तीन गुणासम्म बढि दावी भुक्तानीको सुविधा लिन सकिने र त्यस्तो दावी भुक्तानीमा ऋण तिरेर बाँकी रहेको रकम पीडित परिवारका सदस्यलाई उपब्ध गराइने कम्पनीलाई जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका डेपुटी जनरल म्यानेजर चुडामणि चापागाईका अनुसार माइक्रोभित्रको पनि माइक्रो इन्स्योरेन्स पोलिसी हो । यस परियोजना अनुसार ऋणी स्थायी अपाङ्गता भएमा पनि वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने प्रयोजनको लागि दावी भुक्तानी गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS