IME Life New

सानिमा बैंकले ल्यायो सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना ल्याएको छ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्ने छन्। त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यासब्याक पनि प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ । यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS