IME Life New

‘सानिमा बाल श्री जीवन बीमा योजना’ सार्वजनिक, टप १०० अभिकर्ताहरु बिच शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल श्री जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै टप १०० अभिकर्ताको उपस्थितिमा यो बीमा योजना सर्वजनिक गरेको हो । कम्पनीले बीमा समितिबाट बाल बीमा सम्बन्धी जारी गरेका पछिल्ला निर्देशनलाई समेत आधार मानि यो योजना तयार पारेको हो ।

यो बीमा योजना बच्चाको जन्म भएदेखि अधिकतम १० वर्षको उमेरसम्ममा लिन सकिनेछ । जसको न्युनतम बीमा शुल्क भुक्तानी अवधि १० वर्षको रहने कम्पनीले जनाएको छ । साथै अधिकतम बीमा शुल्क भुक्तानी अवधि २० वर्ष रहेको छ । बालवालिकाकको प्रस्तावकको अधिकतम उमेर ६५ वर्ष भन्दा माथि हुँदा मान्य नहुने कम्पनीले उल्लेख गरेको छ ।

Esewa
Crest

यो पोलिसी खरिद गर्दा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम बीमाङ्क ५० लाख भन्दा माथिको मान्य हुने छैन । बीमितको परिवारले वार्षिक, अर्धवार्षिक र त्रैमाशिक रुपमा बीमा शुल्क भुक्तानी गर्ने सुविधा प्राप्त गर्नेछन् ।

ठुलो बीमाङ्कको हकमा २ लाख ५० हजारदेखि ४ लाख ९९ हजार ९९ रुपैयाँसम्मको लागि प्रतिहजार एक रुपैयाँ छुट पाइनेछ । त्यस्तै ५ लाख भन्दा माथिको बीमाङ्क रहदा प्रतिहजार २ रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।

योजनाका विशेषता

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमा· र नियमानुसारको बोनस एक मुष्ट प्रदान गरिने ।

ख) बीमा प्रारम्भ भएपछि बीमा जोखिम प्रारम्भ नभएको अबस्थामा बीमितको मृत्यु भएमा पुरक करार सुबिधाको लागी तिरेको बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता गरिने ।

ग) बीमा जोखिम प्रारम्भ भएपछि बिमितको मृत्य भएमा तत्काल बीमाको २५ प्रतिशत हुनआउने रकम प्रस्ताबकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै बाँकी ७५ प्रतिशत रकम बीमा अबधि समाप्ती भएपछि व्याज र बिमितको मृत्यु हुदाको अबधिको आर्जित बोनस नियमानुसार भुक्तानी गरिनेछ । उल्लेखित व्याज भुक्तानीगर्दा बीमा समितिले तोकिदिएको व्याजलाई आधारमानी भुक्तानी गरिनेछ।

प्रस्ताबकलाई थप ऐछिक सुबिधाहरु

बीमा शुल्क छुट सुविधा (Premium Waiver Benefit)

यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी बीमाशुल्क छुट सुबिधा लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बीमालेख तथा करारको अधिनमा रही बीमा अबधि समाप्त नभएसम्मको अबधि वा बीमितको उमेर २० बर्ष नपुगेसम्म जुन पहिला आउछ सो अबधि सम्म बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ।

मासिक आय सुबिधा (Monthly Income Benefit)

यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी मासिक आय सुबिधा लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकको मृत्यु भएमा बीमालेख तथा करारको अधिनमा रही बीमालेख अन्तर्गतको बीमा·को १% प्रतिशतले हुनआउने रकम बीमा अबधि समाप्त नभएसम्मको अबधि वा बिमितको उमेर २० बर्ष नपुगेसम्म जुन पहिला आउछ सो अबधि सम्म मासिक रुपमा भुक्तानी गरिने छ।

जोखिम बहन प्रारम्भ हुने मितिः

बीमा प्रारम्भ मितिले २ दुई बर्ष पुराभएपछि, बीमाको दोस्रो बार्षिकोत्सव दिवसबाट बिमितको जोखिम बहन गरिने व्यवस्था छ ।

कर्जा तथा समर्पण मुल्यः यस बीमा योजना अन्तर्गत पुरा तिन बर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि र बीमा प्रारम्भ मितिबाट तिन बर्ष भए पश्चात समर्पण मुल्यको बढीमा ९० प्रतिशत सम्म नियमानुसार कर्जा प्रदान गर्न सकिनेछ ।

घातकरोग उपचार खर्च सुबिधा (Critical Illness Benefit): यस बीमा योजनामा न्यून अतिरिक्त शुल्क तिरी करारमा उल्लेखित बमोजिमको घातक रोग उपचार खर्च प्रस्ताबकका लागी लिन सकिने व्यवस्था गरेको छ, जस अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमा प्रस्तावकलाई घातक रोग लाग्न गएमा बीमालेख तथा करारमा उल्लेख भए बमोजिम उपचार खर्च प्रस्ताबकलाई उपलब्ध गराईने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS