IME Life New

सानिमा इन्स्योरेन्सको भक्तपुर र बिराटनगरमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भयो । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।

Esewa
Crest

कम्पनीले भक्तपुरमा मंसिर २० देखी २२ गतेसम्म र विराटनगरमा मंसिर २६ देखि २८ गतेसम्म कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको सञ्चालित तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम अन्य जिल्लाहरुमा समेत क्रमश: सञ्चालन गर्ने योजना बनाएको छ ।

कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिमले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्नुका साथै कम्पनीले सञ्चालन गरेको तालिमबाट बीमा क्षेत्रमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बीमाको क्षति मुल्याङ्कन तथा दाबी भुक्तानीमा सहजता एवं प्रभावकारीता आउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS