IME Life New

साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ११ हजार बढी कित्ता शेयर आज चैत २१ गतेबाट बिक्रीम राखिएको छ।

कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा साना किसान सहकारी संस्थाहरु तथा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र बढीमा ४ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। खरिद आवेदन आउँदो वैशाख २५ गतेसम्म दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलका साथै साना किसान विकास लघुवित्तका शाखाहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौँडा, गजुरी (धादिङ), पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर (सुर्खेत), बबरमहल, लहान र अत्तरिया (कैलाली)मा दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS