IME Life New

सात महिनामा जीवन बीमा कम्पनीहरुले गरे ५४ अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ मसान्तसम्ममा ५४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्तयसम्ममा प्रथम बीमाशुल्क मार्फत १७ अर्ब ९० करोड, नविकरण बीमाशुल्क मार्फत ३५ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमामार्फत १ अर्ब ४४ करोड रुपैयाँ गरि कुल ५४ अर्ब ३ करोड बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिसम्ममा जीवन बीमालेखबाट ६६ लाख २५ हजार ८ सय ४७ वटा बीमालेख र वैदेशिक रोजगार बीमालेखमार्फत ८ लाख ५३ हजार ३७ वटा बीमालेख जारी गरि कुल ७४ हजार ७८ लाख ८ सय ८४ वटा बीमालेख जारी गरेका छन् ।

अर्बमा बीमाशुल्क आर्जन गर्ने कम्पनी

बीमा समितिको तथ्याङ्क अनुसार सात महिनाको अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा ८ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थानले माघ मसान्तसम्ममा ६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, नेशनल लाइफले ४ अर्ब ६० करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ, यूनियन लाइफले २ अर्ब ८८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ७२ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ६९ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ११ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा बीमाशुल्क आर्जन गर्ने कम्पनीहरु

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा सिटिजन लाइफले ९६ करोड रुपैयाँ, ज्योति लाइफले ८९ करोड रुपैयाँ, रिलायन्स लाइफले ७१ करोड रुपैयाँ, आइएमई लाइफले ६९ करोड रुपैयाँ, सन नेपाल लाइफले ६७ करोड रुपैयाँ, सानिमा लाइफले ४८ करोड रुपैयाँ, प्रभु लाइफले ३८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS