IME Life New

सातामा तीन बीमा कम्पनीको शेयर मूल्यमा सुधार, कुनको कतिले घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। यस साता दोस्रो बजारमा तीन बीमा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ। यस साता लाइफ इन्स्योरेन्स कर्पोरेसन, शिखर इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीको मात्रै शेयर मूल्य बढेको हो। आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा भने स्थिरता देखिएको छ। नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको राष्ट्रिय बीमा कम्पनीको शेयर भने अझै फुकुवा भएको छैन। नेप्से सँग कारोबार खुलाउने विषयमा छलफल गरिरहेकाले यथासिघ्र कारोबार खुल्ने कम्पनीले जानकारी दिएको छ।

बाँकी २३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ। गएको साता सूचिकृत २८ बीमा कम्पनी मध्ये २६ कम्पनीको शेयर मूल्य घटेको थियो। गएको दुई सातामा लगातार १७२ अंकले गिरावट हुँदा अधिकाम्स कम्पनीको शेयर मूल्य घटेको हो। दुई साताको गिरावटलाई बिहीबार एकै दिन ९० अंकले टेवा दिदा पनि अधिकाम्स कम्पनीको शेयरमा गिरावट देखिएको हो।

Esewa
Crest

शिखर इन्स्योरेन्सले फागुन १६ गते २७.७६ प्रतिशत बोनस शेयर सहित ३० प्रतिशत हकप्रद शेयरको प्रस्ताव गरे पछि दुई साताको करेक्सनमा पनि सुधार भएको भएको हो। दुई सातामा कम्पनीको शेयर मूल्य १४ रुपैयाँले सुधार भएको छ। यो सातामा मात्रै भने एक रुपैयाँले बढेको छ।

यस साता सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सका शेयरधनीले कमाएका छन्। एक सातामा कम्पनीको शेयर मूल्य ३४ रुपैयाँले बढेको छ। लाभांस नदिने घोषणा सँगै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा ९.०४ प्रतिशतको गिरावट देखिएको छ। कम्पनीले दुई आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट राम्रो लाभांस दिने हल्लाले उचालिएको एशियन लाइफका शेयरधनीले प्रतिशेयर १२३ रुपैयाँले गुमाएका छन्। बिहीबार कम्पनीको शेयर मूल्य १२३७ रुपैयाँ कायम भएको छ। त्यस्तै दोस्रो धेरै गिरावट एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ७.९६ प्रतिशतले घटेको छ।

बढ्दो क्रममा रहेको शेयर बजारमा लगानीकर्ताको सबैभन्दा बढि आकर्षण बीमा कम्पनी र लघुवित्तको शेयरमा देखिन्छ। दोस्रो धेरै गुमाउनेमा सूर्या लाइफका शेयरधनी रहेका छन्। सूर्या लाइफका शेयरधनीले यस साता ५.३५ प्रतिशतले गुमाएका छन्। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले घटेर ८१४ रुपैयाँ कायम भएको छ।

त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको ४.८७ प्रतिशत, प्रभु लाइफको शेयर मूल्य ४.८२ प्रतिशत, गुँरास लाइफको ४.७८ प्रतिशत, सानिमा जनरलको ४.६३ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ४.४६ प्रतिशत, रिलायन्स लाइफको ४.४२ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ४.२१ प्रतिशत, अजोड इन्स्योरेन्स ४ प्रतिशतले गिरावट भएको छ।

एक सातामा नेशनल लाइफको शेयर मूल्य ५ रुपैयाँ, प्राइम लाइफको २७ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सको १५ रुपैयाँ, जनरल इन्स्योरेन्सको २३ रुपैयाँ, लम्बिनी जनरलको ९ रुपैयाँ, नेको इन्स्योरेन्सको ५५ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ रुपैयाँ, एनएलजीको १२ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २५ रुपैयाँ, प्रिमियरको ३९ रुपैयाँ, प्रुडेन्सियलको १४ रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको ३७ रुपैयाँ, र नेपाल पुनर्बीमाको ३९ रुपैयाँले गिरावट भएको छ।

जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने निर्जीवन बीमा कम्पनीको एक अर्ब रुपैयाँ छ। यस मध्ये सर्वसाधारण समुहको ३० देखि ४९ प्रतिशत शेयर दोस्रो बजारमा सजिलै कारोबार हुन्छ। तर दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक र सर्वसाधारण समुह दुबैको कारोबार हुने गरेको छ।

दोस्रो बजारमा बीमा कम्पनीको शेयर बैंकहरुको तुलनामा थोरै मात्रै सप्लाइ छ। यसले गर्दा कम्पनीहरुको शेयर मूल्य अन्य कम्पनीको भन्दा धेरै छ। दोस्रो बजारमा कम्पनीको वित्तीय अवस्था र शेयर सप्लाइका आधारमा मूल्य निर्धारण हुने गरेको छ।

गत साता बीमा कम्पनीको शेयर मूल्य 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS