IME Life New

साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै अपि पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशन तथा प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेको थियो। त्यसकारण असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीको हकप्रद शेयरमा लगानीकर्ताले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS