काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ।
यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु ५ हजारको भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।
अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।












