IME Life New

साउदी र यूएई होइन, यो हो विश्वकै धनी मुस्लिम देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इस्लाम विश्वको दोस्रो ठूलो धर्म हो र विश्वभर करिब १ अर्ब ९ करोड मानिसले यस धर्मलाई मान्छन्। विश्वमा ५० भन्दा बढी देश छन् जहाँ मुस्लिम बाहुल्य छन्। मुस्लिम देशहरुमा साउदी अरब, टर्की, इरान र यूएईको धेरै चर्चा हुन्छ। यीमध्ये साउदी र युएईलाई विशेषगरी धनी राष्ट्रका रुपमा हेरिन्छ।

कच्चा तेलको भण्डारका कारण दुवै देशको वर्चस्व छ तर सबैभन्दा धनी मुस्लिम देशको कुरा गर्ने हो भने कतार युएई र साउदी अरबभन्दा अगाडि छ। धनी मुस्लिम देशको सूचीमा कतार शीर्ष स्थानमा छ। यहाँका सर्वसाधारणको जीवनस्तर निकै राम्रो छ।

Esewa
Crest

टेम्पो डट कोमा प्रकाशित युनिभर्सिटी म्यागेजिन सीएको रिपोर्टअनुसार कतार सबैभन्दा धनी मुस्लिम बहुल देशको सूचीमा शीर्ष स्थानमा छ। कतारको जनसंख्या लगभग १७ लाख छ र प्रतिव्यक्ति जीडीपी ८८ हजार ९१९ अमेरिकी डलर रहेको छ। यसले कतारलाई विश्वकै तीव्र गतिमा बढ्दै गइरहेको अर्थतन्त्र बनाइदियो। कतारको अर्थतन्त्र मुख्यतया प्राकृतिक ग्यास, तेल र पेट्रो रसायनको निर्यातमा निर्भर छ।

यो सूचीमा कुवेत दोस्रो स्थानमा छ। कुवेतको जनसंख्या ३५ लाख छ र देशको प्रतिव्यक्ति जीडीपी ५४ हजार ६६४ डलर छ। कुवेतमा करिब १० करोड ४० लाख ब्यारेल कच्चा तेलको भण्डार छ। यसले देशको अर्थतन्त्र बलियो बनाउँछ। कुवेतको आर्थिक स्थितिलाई बलियो बनाउन सिपिङ उद्योग र वित्तीय सेवाहरुले पनि महत्वपूर्ण भूमिका खेल्छन्।

ब्रुनाईको प्रतिव्यक्ति जीडीपी ५० हजार ५०६ डलर रहेको छ। जसले यसलाई तेस्रो धनी मुस्लिम बहुल देश बनायो। ब्रुनाईको सम्पत्ति पनि यसको तेल भण्डार र प्राकृतिक ग्यास क्षेत्रहरुबाट आउँछ।

संयुक्त अरब इमिरेट्स (यूएई) चौथो धनी मुस्लिम बहुल देश हो। प्रतिव्यक्ति जीडीपी ४८ हजार २२२ डलर रहेको छ। यूएईको अर्थतन्त्र पनि तेल र ग्यास उद्योगमा आधारित छ। पेट्रोलियम र प्राकृतिक ग्यासको निर्यातले पनि यूएईको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ।

यसपछि ओमान पाँचौँ नम्बरमा छ। ओमानको प्रतिव्यक्ति जीडीपी २८ हजार ८८० डलर रहेको छ।

साउदी अरब छैटौँ धनी मुस्लिम बहुल देश हो। यसको प्रतिव्यक्ति जीडीपी २४ हजार ४३४ डलर रहेको छ। साउदी अरब विश्वको दोस्रो ठूलो तेल उत्पादक हो, जसले यसको सम्पत्तिमा महत्वपूर्ण योगदान दिन्छ। बहराइन सातौं स्थानमा छ।

बहराइनको प्रतिव्यक्ति जीडीपी २३ हजार ६९० डलर छ। बहराइनको अर्थतन्त्र एल्युमिनियम, पेट्रोलियम र निर्माण सामग्रीको निर्यातमा निर्भर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS