IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र जनरल ईन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैंक तथा इन्स्योरेन्स बीच विहिवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन।

Esewa
Crest

नेपालमा निर्जीबन बीमा ब्यबसाय सुरु गर्ने १८ औ कम्पनीको रुपमा स्थापित जनरल इन्स्योरेन्स कम्पनी नेपालको मुख्य प्रबर्द्धकहरुमा नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाहरुका साथै प्रतिष्ठित व्यवसायिक घरानाहरु रहेका छन् ।

कम्पनीमा मेगा बैंक नेपाल, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक नेपाल लि, सिभिल बैंक तथा बिकाश बैंक तर्फ मुक्तिनाथ बिकाश बैंक, सांग्रिला बिकाश बैंक, देव बिकाश बैंक, कामना सेवा बिकाश बैंक, गरिमा बिकाश बैंक, लुम्बिनी बिकाश बैंक लगायतको लगानी रहेको छ भने अन्य ३ फाइनान्स कम्पनीहरुले समेत लगानी रहेको छ।

कम्पनीले आगामी ६ महिना भित्र नेपाल भर करिब ४५ शाखा विस्तार गर्ने योजना बनाएको छ, कम्पनीले जनताको घर दैलोसम्म बीमाको पहुच विस्तार गरि फरक तरिकाले निर्जिबन बीमा सेवा दिने कम्पनीको रुपमा आफुलाई स्थापित गराउने रणनीति लिएको छ ।

‘जनरल इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँ जारी पुँजी रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना रहेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले अषाढ ०६ गते बाट निर्जीबन बीमा ब्यबसाय संचालनको सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS