IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा चौरजहारी बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका वडा नं २, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो ।

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ । आजको यस शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माबाट भएको हो ।

Esewa
Crest

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS