IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर आज माघ ८ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको १ लाख ७६ हजार ४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी इमानबहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता र नवराज गुरागाईंको नाममा रहेको ५ हजार ३० कित्ता संस्थापक शेयर रहेको छ।

Esewa
Crest

यो शेयरमा संस्थापक शेयरधनीहरुबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेको बैंकले जनाएको छ।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS