IME Life New

सांग्रिलाको साताव्यापी कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही अवसरमा आज २०७८ कात्तिक १० गते देशभर रहेका ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु ठिमी, पोखरा न्यूरोड, नेपालगंज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी जम्मा ११ वटा शाखाकार्यालय मार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

वालुवाटार काठमाडौमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

Esewa
Crest

विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा हजार भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेराकी हेल्थ सोलुसन प्रा.लि.को सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्त स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको थियो । यस कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS