IME Life New

सर्वाधिक स्कोप भएको डाटा साइन्सको पढाइ सुरु, नेपालमै बसेर अमेरिकन कम्पनीमा काम गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कुलमा यसै वर्षबाट संचालन भएको स्नातकोत्तर तहको डाटा साइन्स विषयको अभिमुखिखरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता स्कुलका निर्देशक प्रा.डा नारायण प्रसाद पहारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल र अतिथीको रुपमा त्रि.वि.का गणित, तथ्याङ्कशास्त्र र कम्प्युटर साइन्स विषयका विज्ञ तथा डाटा साइन्स विषयका इन्ड्रस्ट्री विज्ञहरुको उपस्थिति थियो । कार्यक्रमको संञ्चालन स्कुलका कार्यक्रम संयोजक केशव राज फुलाराले गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष भुषालले त्रि.वि.ले विश्व बजारमा विक्ने नयाँ नयाँ कार्यक्रम थप्दै गएको र बहुआयामिक विषयको अवधारणा अनुसार गणित विज्ञान स्कुलको स्थापना भएको प्रस्ट पारे । डाटा साइन्स कार्यक्रमको सफलताको शुभकामना दिदै आफ्नो विश्वविद्यालयको तर्फबाट सो कोर्षको उत्थानका लागि केहि कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Esewa
Crest

स्कुलका संस्थापक प्रा.डा प्रकाशमुनी बज्राचार्यले स्कुलको स्थापना गर्नका लागि उल्लेखनिय भुमिका खेलेकोमा त्रि.वि.का पूर्वउपकुलपति प्रा.डा. हीरा बहादुर महर्जन, तत्कालिन रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेल र पूर्व डीन चिरिक शोभा ताम्राकार र स्व. प्रा.डा. राममान श्रेष्ठलाई धन्यवाद व्यक्त गर्दै स्कुलले उहाँहरुको योगदानलाई कहिल्यै नविर्सने बताए ।

नवप्रवेशी विद्यार्थी अशोक ढकालले १५/२० लाख रुपैयाँ तिरेर यो कोर्ष पढ्न विदेश जान तयार भएको तर त्रि.वि.ले यहि वर्षबाट डाटा साइन्सको कोष अध्यापन गराउन लागेको वेवसाइटबाट थाहा पाएर रोकिएको बताए । त्रि.वि.ले गणित विज्ञान स्कुलमा यसै वर्षबाट स्नातकोत्तर तहको डाटा साइन्स विषयको भर्ना लिएको छ । जम्मा ३६ जना विद्यार्थीहरुको भर्नाका लागि १४७ जनाले आवेदन दिएका थिए । तीन चरणको मूल्याङ्कनको आधारमा ८० प्रतिशत खुला र २० प्रतिशत समावेशी कोटामा भर्ना लिने स्कुलको नियामानुसार विद्यार्थीहरु भर्ना भएका छन् ।

५ वर्ष अगाडी स्कुलका एक्चुरी साइन्सको नयाँ कार्यक्रमको भर्ना भन्दा डाटा साइन्स विषयको यो कोर्षको भर्ना निकै सहज भएको स्कुलका कार्यक्रम संयोजक फुलाराले बताए । एक्चुअरी साइन्स विषयको स्नातक तहको कार्यक्रम भएर पनि स्कोप राम्रो छ । तर विद्यार्थीहरुलाई बुझाउन गाह्रो भएको उनले बताए । उनले भने ‘कोर्षको प्रचार प्रसारका लागि विभिन्न प्लस टु पढाइ हुने स्कुल, कोचिङ सेन्टर र सिम्याट तथा इन्जिनियरङ विषयको परिक्षा केन्द्रमा ब्रोसर बाँड्न गइयो तर कोभिडको महामारीका कारण विद्यार्थीहरुले स्वस्फुर्त रुपमा आफैले बुझेर अनलाइन मार्फत आवेदन दिए ।’

अवको दुई वर्ष भित्रै नेपालमा डाटा एनालइसिस्ट तयार हुने स्कुलको दाबी छ । यहाँबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै काम पाउनेछन् । राम्रो र स्कोप भएको विषयको रुपमा चिनिनुका साथ साथै सबैभन्दा बढी आम्दानी गर्न सक्ने विषयको रुपमा पनि परिचित छ ।

कार्यक्रममा कम्प्युटर केन्द्रिय विभागका विभागीय प्रमुख नवराज पौडेलले फेसबुक ट्वीटरको डाटा अध्ययन डाटा साइन्स बेगर सम्भव नभएको बताए । उनले भने ‘नेपालमा सरकारी तथा निजी कम्पनीहरुमा यस स्कुलबाट उत्पादित जनशक्तिले निर्विकल्प काम पाउनेमा ढुक्क हुनुहोस ।’ नेपालमै बसेर अमेरिकन कम्पनीको कार्य गर्न सकिने पौडेलले जानकारी दिए । विदेशी विश्वविद्यालय भन्दा त्रि.वि.को यो कोर्षको भर्ना शुल्क निकै कम छ । नेपालमा यो कोष पुरा गर्न जम्मा तीन लाख ६० हजार मात्रै खर्च लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS