IME Life New

सर्वाधिक कमाई हुने एक्चुअरिअल साईन्समा भर्ना खुल्यो, यस्तो छ योग्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणित विज्ञान स्कुलले सर्वाधिक कमाइ हुने रोजगारीको क्षेत्र एक्चुअरिअल साईन्समा भर्ना खुलेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कुलमा सेमेस्टर प्रणाली अनुसार पठन/पाठन हुने चार वर्षे स्नातक तहको एक्चुअरीयल साईन्स कार्यक्रममा भर्ना खुलेको हो । योग्यता पुगेका विद्यार्थीले अनलाइन मार्फत मंसिर २६ गतेदेखि पौष १८ गतेसम्म फारम भर्न सक्ने छन् । दोब्बर दस्तुर तिर्नेहरुले भने पुष २२ गते बिहीबारसम्म भर्न सक्ने छन् ।

न्यूनतम योग्यता

Esewa
Crest

कक्षा १२ वा सो सरहको परिक्षामा १०० पूर्णाङ्कको गणित वा बाणिज्य गणित विषय लिएर जुनसुकै संकायबाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा कम्तिमा सि ग्रेडको सहित सिजिपिए टु वा सो भन्दा बढी प्राप्त गर्नेको हुनुपर्नेछ । त्यस्तै ए लेवलमा १०० पूर्णाङ्कको गणित विषय लिई कम्तिमा डि ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । सिटिइभिटीबाट जुनसुकै विषयमा तीनवर्षे डिप्लोमा तहमा १०० पूर्णाङ्कको गणित विषय लिई द्धितिय श्रेणिमा उत्तीर्ण गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट समकक्षता प्राप्त गरेको कागजात पेश गर्नुपर्नेछ ।

आवेदन प्रकृया

विद्यार्थीले गणित विज्ञान स्कुलको वेवसाइटमा गएर अनलाईन माध्यमबाट आवेदन फारम भर्न सक्ने छन् । अनलाईन फारम भर्दा विद्यार्थीहरुले वेवसाइटमा दिएको निर्देशन अनुसारको पासपोर्ट साइजको फोटो, बैंक भौचर, एसएलसी/एसइइ, प्लस टुको ट्रान्सक्रिप्ट र विद्यार्थीको हस्ताक्षर स्क्यान गरी राख्नुपर्नेछ । अनलाईनमा अपलोड गर्नुपर्ने सामाग्रीहरु तयार भए पश्चात मात्र अनलाईन फारम भर्न सुचित गरिने स्कुलले जनाएको छ । प्रवेश परीक्षा बापतको दस्तुर नेपाल बैंकको किर्तिपुर शाखा मार्फत दुई हजार जम्मा गर्नु पर्नेछ । कक्षा ११ र १२ को ट्रान्सक्रिप्ट नभएमा दुबै कक्षाको मार्केसिट अपलोड गर्नुपर्नेछ । आवेदन स्वीकृत पश्चात इमेलबाट जानकारी गराइने स्कुलले जनाएको छ ।

प्रवेश परीक्षा लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा नयाँ भर्ना लिइने स्कुलले जनाएको छ । जस अन्तर्गत लिखित परीक्षाको ८०, अन्तर्वार्ता १० र शैक्षिक योग्यताको १० गरी कुल १०० पुर्णाङ्कको प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूचि प्रकाशित हुनेछ । लिखित परीक्षा पुस २४ गते शनिवार विहान ८ बजेदेखि ९:४५ बजेसम्म हुनेछ । परीक्षा केन्द्र गणित विज्ञान स्कुल बल्खुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS