IME Life New

सर्तै-सर्त राखेर बीमा प्राधिकरणले स्वीकृत गर्यो नेपाल लाइफको वित्तीय विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण ससर्त स्वीकृत गरेको छ।

गत जेठ २७ गते पत्र पठाउँदै प्राधिकरणले नेपाल लाइफलाई उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको जानकारी दिएको हो। ‘नेपाल लाइफबाट पेस भएको आव २०७९/८० को वित्तीय विवरण तथा अन्य कागजातहरु अध्ययन गर्दा बीमा ऐन, २०७९ को दफा ३८, ३९, ४० र ४१ तथा बीमकको वित्तीय विवरणसम्वन्धी निर्देशन, २०८० को दफा ११ बमोजिम बीमा कोष, अनिवार्य जगेडा कोष, महाविपत्ति कोष र दाबी भुक्तानी कोष तथा जगेडा कोष कायम गरेको देखिएको छ’, पत्रमा भनिएको छ, ‘त्यसैले कम्पनीको आव २०७९/८० को वार्षिक वित्तीय विवरणलाई बीमा ऐन, २०७९ को दफा ८७ को उपदफा (८) तथा बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० को दफा ७, ८ र ९ बमोजिम वार्षिक प्रतिवेदनमा समावेश गर्न, साधारणसभामा पेस गर्न तथा प्रकाशित गर्न देहायको निर्देशन, सर्त तथा आदेशसहित स्वीकृति प्रदान गरिएको छ।’

Esewa
Crest

यस्ता छन् सर्त

  • बीमकले एनएफआरएस–१७ इन्स्योरेन्स कन्ट्रयाक्टस लागू गर्नका लागि आवश्यक तयारी गर्ने।
  • बीमकले वित्तीय विवरणको लेखापरीक्षण गराई अनुसूची ५ तयार गरी बीमांकीय मूल्यांकन गराउने ।
  • बीमकले अन्य बीमक तथा पुनर्बीमकसँगको लेनादेना हिसाब राफसाफ गर्ने।
  • बीमकले प्राधिकरणबाट जारी एएमएल/सीएफटीसम्बन्धी निर्देशनको व्यवस्था पूर्ण पालना गर्ने।
  • बीमकको संस्थागत सुशासन सम्वन्धी निर्देशिकाको दफा ५७ ‘ख’को व्यवस्था पूर्ण रुपमा पालना गर्ने।
  • बीमकले जोखिम व्यवस्थापन समितिलाई प्रभावकारी बनाउन प्राधिकरणबाट जारी भएको जोखिम व्यवस्थापनसम्बन्धी मार्गदर्शनबमोजिम जोखिम व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
  • बीमकले लेखा परीक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणालि सुदृढ बनाउने ।
  • बीमकको जोखिमांकन तथा दाबी भुक्तानी प्रक्रिया प्रभावकारी गराउने ।
  • प्राधिकरणको स्थलगत निरीक्षण क्रममा देखिएका कैफियत तथा लेखापरीक्षकले औंल्याएका कैफियतहरु सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था गर्ने ।
  • बीमकले प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६० दिनभित्र साधारणसभा गर्ने।

नेपाल लाइफले असार १८ गते आफ्नो २३ औँ र २४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको छ। वीरगन्जको होटल भिष्वामा बिहान ९ बजेबाट हुने सभाले चुक्तापुँजीको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ नगद लाभांश (करसहित) स्वीकृत गर्दैछ। सभाले संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट ३ र १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बनधमा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS