IME Life New

सरेन्डर भ्यालु बढेपछि अभिकर्ताको कमिसन कटौती गर्दै एलआईसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी)ले बीमालेखको बिक्रीमा अभिकर्ताको कमिसन दरमा व्यापक कटौती गर्ने तयारी गरेको छ। भारतीय बीमा नियामकले बीमालेख समर्पण मूल्य (सरेन्डर भ्यालु) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएपछि खर्च भार घटाउन एलआईसीले यस्तो तयारी गरेको हो।

सीएनबीसीका अनुसार प्रथम वार्षिक शुल्क कमिसन २५ बाट २० प्रतिशत र बोनस दर १० बाट ८ प्रतिशतमा झार्ने भएको हो। भारतमा जीवन बीमा कम्पनीका लागि अक्टोबर १ देखि समर्पण मूल्य निर्धारण सम्बन्धमा नयाँ प्रावधान लागू भएको छ। नयाँ प्रावधानका कारण बीमा कम्पनीहरुले सावधिक प्रकृतिका जीवन बीमालेखको हकमा पहिलो वर्षदेखि नै चुक्ता मूल्य र समर्पण मूल्य भुक्तानी गर्नुपर्ने भएको छ।

Esewa
Crest

एलआईसीले प्रथम बीमाशुल्कबापतको कमिसनमा कटौती गरेपनि दोस्रो वर्षको नवीकरण बीमाशुल्कबापतको कमिसन ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याउने तयारी गरेको भारतीय अखबारहरुले उल्लेख गरेका छन्। यसबाहेक न्यूनतम बीमांक रकम भारु १ लाखबाट भारु २ लाख कायम गर्ने अपेक्षा गरिएको छ। विभिन्न बीमालेखमा बीमाशुल्क दरमा पनि एकल अंकले वृद्धि हुने अड्कल गरिएको छ।

सीएनबीसी टीभी१८ ले यस विषयमा एलआईसी व्यवस्थापनसँग कुराकानीको प्रयास गरे पनि कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

गत जुन २०२४ मा भारतीय बीमा निगमले समर्पण मूल्यसम्बन्धी प्रावधानमा परिमार्जन गर्दै जीवन बीमालेखसम्बन्धी परिपत्र जारी गरेको थियो। जीवन बीमकले पहिलो वर्ष पूरा भएपछि परिष्कृत विशेष समर्पण मूल्य भुक्तानी गर्नुपर्छ। यसअघि बीमितले पहिलो वर्षभित्र आफ्नो बीमालेख समर्पण गर्दा रकम भुक्तानी दिँदैन थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS