IME Life New

सरकारी स्वामित्वको श्रीलंका इन्स्योरेन्स कर्पोरेशन निजीकरण गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको श्रीलंका इन्स्योरेन्स कर्पोरेशन अन्तर्गतको दुई बीमा कम्पनी बिक्रीका लागि सार्वजनिक गरेको बोलपत्रमा पाँचवटा कम्पनीले खरिद प्रस्ताव पेश गरेका छन् ।

कर्पोरेशन मार्फत् सञ्चालन हुँदै आएको जीवन र निर्जीवन बीमालाई गत १ फ्रेब्रुअरी देखि दुई सहायक कम्पनी श्रीलंका इन्स्योरेन्स कर्पोरेशन जनरल र श्रीलंका इन्स्योरेन्स कर्पोरेशन लाइफ मार्फत् निर्जीवन र जीवन बीमा व्यवसायमा विभाजन गरिएको थियो । सरकारले निजी क्षेत्रलाई शेयर स्वामित्व हस्तान्तरण गरेर विनिवेशिकरणको योजना कार्यान्वयनमा ल्याउनेछ।

Esewa
Crest

श्रीलंका इन्स्योरेन्स कर्पोरेशन लाइफको लागि बोलपत्रमा एलआईसी (लङ्का), युनियन एस्योरेन्स र असिरी हस्पिटल होल्डिङ कम्पनी सहभागि छन् । स्थानीय पत्रिका डेली एफटीका अनुसार श्रीलंका इन्स्योरेन्स कर्पोरेशन जनरलका लागि बोलपत्र दर्ता गराएकामा फेयरफर्स्ट इन्स्योरेन्स र यूरो एक्जिम बैंक रहेका छन्।

वित्त मन्त्रालय अन्तर्गतको सार्वजनिक संस्थान पुनर्संरचना इकाईले भने गत जुलाई २०२३ मा मन्त्रिपरिषद् द्वारा स्वीकृत सरकारी स्वामित्वका उद्यमको विनिवेशिकरण वितरण सम्बन्धी विशेष दिशानिर्देश अनुसार मूल्याङ्कन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS