IME Life New

सरकारले ल्यायो घरजग्गा व्यवसायको हदबन्दी छुटमा विशेष व्यवस्था, कसलाई होला राहात ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले घरजग्गा व्यवसायको हदबन्दी छुटमा विशेष व्यवस्था ल्याएको छ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२छ मा संशोधन गर्दै हदबन्दी छुटमा विशेष व्यवस्था ल्याएको हो। अब यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि दफा १२ को खण्ड (ङ१)बमोजिम घरजग्गा व्यसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्नेछन्।

Esewa
Crest

यसैगरी त्यस्ता कम्पनीले घर तथा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्दा खरिद गर्ने व्यक्तिहरुको सामूहिक उपयोगमा रहने गरी राख्नुपर्नेछ। त्यस्ता घर तथा अपार्टमेन्ट खरिदकर्ताको स्वतः सामूहिक स्वामित्व कायम हुने गरी जग्गा बिक्रीवितरण गर्नुपर्ने व्यवस्था संशोधित ऐनमार्फत गरिएको छ।

तर, सामूहिक उपयोगमा रहने गरी राखिएको त्यस्तो जग्गा धितोबन्धक राख्न वा बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरिएको छ।

यसैगरी सम्बन्धित निकायबाट अनुमति लिई आवासीय वा व्यावसायिक क्षेत्रमा घरजग्गा व्यवसाय गर्ने कम्पनीले उपदफा (१)बमोजिमको हदभित्रको जग्गा स्थानीय भूउपयोग परिषदबाट भूउपयोग क्षेत्र वर्गीकरण हुँदा आवासीय क्षेत्र वा व्यावसायिक क्षेत्रमा वर्गीकरण भएकोमा त्यस्तो जग्गा प्रचलित कानुनबमोजिम घडेरी विकास नगरी ससिम वा कित्ताकाट गरी बिक्री गर्न नपाइने व्यवस्था पनि संशोधित ऐनमा गरिएको छ। तर, स्थानीय भूउपयोग परिषदबाट भूउपयोग क्षेत्र वर्गीकरण हुनुअगावै अनुमति लिई खरिद गरेको जग्गा रहेछ भने आवासीय क्षेत्र वा व्यावसायिक क्षेत्रबाहेकको क्षेत्रमा वर्गीकरण भएको रहेछ भने त्यस्तो जग्गा ससिम वा कित्ताकाट गरी मन्त्रालयको स्वीकृति लिई बिक्री गर्न बाधा पर्ने छैन।

अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि सम्बन्धित निकायबाट घरजग्गा व्यवसाय गर्ने अनुमति लिएको कम्पनीको नाममा रहेको जग्गा दफा १२क. को उपदफा (२)बमोजिम स्वीकृति प्राप्त गरेको भएमा जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न कुनै बाधा नपर्ने व्यवस्था ऐनमा गरिएको छ।

तर, घरजग्गा व्यवसायबाहेक अन्य प्रयोजनका लागि प्राप्त गरेको वा स्वीकृति लिएको जग्गा बेचबिखन गर्न भने पाइने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS