IME Life New

सरकारले बजेटमार्फत नै दोहोरो भूमिका खेल्छ: चन्द्र प्रसाद ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट बनाउने बेलामै सरकारले दोहोरो भुमिका खेल्ने गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रमका बोल्दै सरकारले बजेट प्रस्तुत गर्ने बेलामा राम्रा र लोकप्रीय बुँदा राख्ने र आर्थिक ऐन र विधेयकमा भने फरक आँकडा प्रस्तुत गर्ने गरेकोे बताए । ‘बजेट भाषण सुन्ने बेलामा राम्रा राम्रा बुँदाहरु हुन्छन सोही अुनसार उद्योगी व्यवसायीले प्रतिक्रिया पनि राम्रै दिन्छन्,’ उनले भने, ‘तर, आर्थिक विधेयक र ऐनमा फरक आँकडाका कारण उद्योगी व्यवसायीको बजेटमाथिको प्रतिक्रिया पनि फरक पर्छ । ’

Esewa
Crest

उनले बजेट लेखन गर्ने बेलामै निजी क्षेत्रले उठाएका कुरा बजेट भाषणमा समेटिने तर, रातो किताव आउँदा फरक भएर आउने गरेको होकी भन्ने शंंका निजी क्षेत्रको रहेको उनले बताए । यसपाली पनि निजी क्षेत्रले राखेका धेरै बुँदाहरु बजेट भाषणमा समेटिएको तर, रातो कितावमा फरक आएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणलगत्तै उद्योगी व्यवसायीले बजेटमाथि राम्रो प्रतिक्रिया दिने र पछि पुनः रुष्ट हुने प्रवृत्ति रहेको बताएका थिए ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले यसपल्ट निजी क्षेत्रका सुझावहरु बजेटमा समेटिएको पनि बताए । निर्यात बढाउने, आयात निरुत्साहन गर्ने, काठको आपुर्ति र निर्यात बढाउनेलगायतका बुँदाहरु बजेटमा समेटिनाले निजी क्षेत्रले त्यसलाइए स्वागत गरेको उनको भनाई छ ।

यस्तै उनले अघिल्लो आर्थिक ऐनले ल्याएका धेरैजसो सकारात्मक कुराहरुलाई हालको आर्थिक ऐनले निरन्तरता नदिनाले निजी क्षेत्र निरुत्साहित भएको बताए ।। निजी क्षेत्र सरकारको यस्ता नीतिगत अस्थिरता ल्याउने कुराकै कारण हतोत्सायी भएको उनको भनाई छ । यस्ता कुराहरु सुधार पनि हुनुपर्नेमा उनले जोड दिए ।

कुनै नीति तथा बजेटमा आउने सानो फरकले पनि पुरै देशकै उद्योगक्षेत्रको तस्विर देखाउँने बताउँदै उनले यस्ता कुरामा सरकारले अर्थतन्त्रलाई के असर पर्छ भनेर अध्ययन गरेरै मात्रै बनाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS