IME Life New

सरकारले तोक्यो धानको समर्थन मूल्य, गत वर्षको तुलनामा कतिले बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ। कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

धान उत्पादन लगानी केही बढी लाग्ने अनुमानसहित न्यूनतम समर्थन मूल्य केही बढी तोकिएको बताइएको छ। मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले तोकेको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ तोकिएको छ भने मध्ययम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँ तोकेको छ।

Esewa
Crest

गत वर्षको तुलनामा यो वर्ष धानको समर्थन मूल्यमा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी हो । गत वर्ष सरकारले भदौ २९ मै धानको समर्थन मूल्य तोकेको थियो। यो वर्ष भने सरकारले समर्थन मूल्य तोक्न ढिलो गरेको हो। मोटा धान प्रतिक्विन्टल २९ सय ६७ र मध्ययम धानको समर्थन मूल्य ३१ सय २८ रुपैयाँ तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने जनाइएको छ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई ११२ रुपियाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ। गत वर्ष यो कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो। यो आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS