IME Life New
GBIME

सयौँ कर्मचारीलाई जागिरबाट निकाल्दै फेसबुक

SPIL
Global College
Nepal Life

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपको मूल कम्पनी मेटाले सयौँ कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ।

कम्पनीले ३ हजार ६०० कर्मचारीलाई जागिरबाट निकाल्न लागेको हो। मेटाले कार्यसम्पादनमा आधारित रोजगार कटौती नीतिअन्तर्गत यो निर्णय गरेको हो।

Crest

कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयले कम्पनीका करिब ५ प्रतिशत कर्मचारीलाई असर गर्ने बताए। सेप्टेम्बर २०२४ को डाटाअनुसार लगभग ७२ हजार कर्मचारी मेटामा काम गर्छन्।

कम्पनीले यो निर्णयका बारेमा अमेरिकामा काम गर्ने कर्मचारीलाई फेब्रुअरी १० सम्ममा जानकारी दिन सक्नेछ। अमेरिकाबाहिर काम गर्ने कर्मचारीलाई पछि सूचित गरिनेछ।

यसअघि सन् २०२३ मा पनि कम्पनीले करिब १० हजार कर्मचारीलाई जागिरबाट निकालेको थियो। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS