IME Life New

सम्पत्ती र नाफामा उल्लेख्य वृद्धिसँगै सिटिजन लाइफले तेश्रो पटक पायो ‘त्रिपल बी’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्सले लगातार तेश्रो पटक त्रिपल बी इस्युअर रेटिङ प्राप्त गरेको छ। वित्तीय सबलता मूल्याङ्कन एजेन्सी इक्रा नेपालले लगातार तेश्रो पटक त्रिपल बी रेटिङलाइ समर्थन गरेको हो ।

यसअघि सन् २०२२ र २०२३ मा पनि इक्रा नेपालले सिटिजन लाइफलाइ त्रिपल बि रेटिङ दिएको थियो । यस्तो रेटिङ प्राप्त गर्ने शेयर जारीकर्ता कम्पनीले निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको वित्तीय सबलता रहेको जनाउँछ।

Esewa
Crest

भावी बोनश दरका लागि सिटिजन लाइफले पर्याप्त व्यवस्था गरेको छ। नियामकीय प्रावधान बमोजिम ४६ देखि ५७ प्रतिशतसम्म भावी बोनश दरका लागि कोष व्यवस्था गरेको छ। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाइ भावी बोनश दरको लागि पचास प्रतिशत व्यवस्था गर्न निर्देशन दिएपनि केहि जीवन बिमकले पर्याप्त व्यवस्था नै नगरी बोनश दरमा चलखेल गरि रहेका बेला सिटिजन लाइफको व्यवस्था पर्याप्त रहेको देखिन्छ।

आव २०७९।८० मा कर पछिको मुनाफा १० करोड ३० लाख रूपैयाँ रहेको यो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को पहिलो नाै महिना(चैत्र मसान्तसम्म) २८ करोड १० लाख रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यसैगरी अघिल्लो आवमा कुल सम्पत्ति १४ अर्ब ७२ करोड ८० लाख रूपैयाँ रहेकोमा गत आवको चैत्र मसान्तसम्मा वृद्धि भएर २० अर्ब ६४ करोड ६० लाख रूपैयाँ पुगेको छ।

यो इन्स्योरेन्सको कुल बीमा व्यवसायमध्ये सावधिक जीवन बीमाको हिस्सा ८५ प्रतिशतभन्दा माथि छ । सावधिक जीवन बीमामा तुलनात्मकरूपमा कम वित्तीय जोखिम बहन गर्नुपर्ने भएकाले इन्स्योरेन्सको जोखिम एक्सपोजर तुलनात्मकरूपमा न्यून रहेको इक्राले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। इक्रा नेपालका अनुसार गत अार्थिक वर्ष २०८०।८१ मा कुल बीमा व्यवसायको ९० प्रतिशत हिस्सा सावधिक बीमालेखको बीमाशुल्कबाट प्राप्त भएको थियो ।

अघिल्लो अाव २०७९।८० को बीमाङ्की मूल्याङ्कन प्रतिवेदनमा सावधिक बीमालेखको नविकरण दर ९२ प्रतिशत रहेको उल्लेख छ। राम्रो बोनश दरका लागि बीमालेखको निरन्तरता दर उच्च हुनु सकारात्मक पक्ष हो । इन्स्योरेन्सले बीमितलाइ वितरण गर्ने बोनश आर्जित बोनश(भेष्टेड बोनश)  र भावी बोनश(फ्युचर बोनश) दुबैका लागि पर्याप्त व्यवस्था गरेको इक्रा नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ।

गत असार मसान्तसम्ममा यसको लगानी १८ अर्ब रूपैयाँ नाघेको छ। जसमध्ये अधिकांश हिस्सा क वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेप र ऋणपत्रमा लगानी गरिएको छ। इक्रा नेपालका अनुसार सिटिजन लाइफको लगानीमाथिको प्रतिफल दर १०.५ प्रतिशत रह्यो । वाणिज्य बैंकहरूले गत वर्ष दोहोरो अंकमा मुद्दती निक्षेपमा दिएको ब्याजका कारण प्रतिफल दर बढाउन मद्दत गरेको छ। मुद्दती निक्षेपका कारण केही समयका लागि इन्स्योरेन्सलाइ ब्याज दरमा हुने उतार चढावबाट राहत दिनेछ।

वित्तीय जोखिम हस्तान्तरणका लागि सिटिजन लाइफले ५ लाख रूपैयाँभन्दा माथिको बीमाङ्कको जोखिम पुनर्बीमा सम्झौतामार्फत् नेपाल पुनर्बीमा कम्पनीलाइ हस्तान्तरण गरेको छ।

म्यादी जीवन बीमावापत मृत्यु दाबीको भार बढेपनि मुनाफामा वृद्धिका कारण कम्पनीले नाफाबाट बीमा कोषमा गत आव २०७९।८० मा ८ करोड ३० लाख रूपैयाँ सार्न सफल भयो । जबकी २०७८।७९ मा जम्मा ४ करोड ७० लाख रूपैयाँ मात्र सारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS