IME Life New

सम्पत्ति शुद्धीकरण निवारणका लागि प्राधिकरणको पञ्चवर्षीय कार्ययोजना जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धित रणनीतिक कार्ययोजना जारी गरेको छ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी राष्ट्रिय रणनीतिक कार्ययोजनासँग सामञ्जस्य हुने गरी बीमा क्षेत्रका लागि कार्ययोजना जारी गरिएको प्राधिकरणले जानकारी दिएको हो।

सम्पत्ति शुद्धीकरण निवारण रणनीतिक कार्य योजना २०८१–८५ नाम दिइएको पञ्चवर्षीय कार्य्योजनामा बीमा क्षेत्रका माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने उद्देश्य राखिएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार कार्ययोजनामा बीमकको प्रमुख कार्यकारी अधिकृत तहदेखि व्यवस्थापकीय तहसम्मका सबै कर्मचारीको फिट एन्ड प्रोपर टेस्टको व्यवस्था गर्ने, सीमा कारोबार, शंकास्पद कारोबारसम्बन्धी सम्पूर्ण सूचना पूर्ण रुपमा डिजिटलमाध्यमबाट आदानप्रदानको व्यवस्था, बीमकले बीमासम्बन्धी सूचनाहरु नियमनकारी निकायलगायत अन्य सम्बन्धित निकायलाई उपलब्ध गराउने प्रबन्ध मिलाउने विषय समावेश छ।

यसैगरी कारोबारका आधारमा बीमकको वर्गीकरण गर्ने, समग्र बीमा क्षेत्रमा बीमा कारोबारका आधारमा जोखिम मूल्यांकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा हातेपुस्तक प्रकाशन गर्ने, बीमा कम्पनीले समेत प्राधिकरणको रणनीतिक योजनासँग मेल खाने गरी रणनीतिक योजना बनाई कार्यान्वयन गर्नुपर्ने, बीमकले सम्पत्ति शुद्धीकरण निवारणका लागि चुस्त संयन्त्र बनाएर लागू गर्नुपर्नेलगायतका रणनीति समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS