IME Life New

‘सम्पत्ति शुद्धिकरणकाे जाेखिम विश्लेषणमा बीमा कम्पनीकाे लापरवाही’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बीमा कम्पनीहरुले सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागी बीमितकाे वर्गिकरणमा लापरवाही गरिरहेकाे भन्दै महालेखा परिक्षकले नेपाल बीमा प्राधिकरणकाे ध्यानाकर्षण गराएकाे छ। महालेखा परिक्षककाे ६० ‍औं प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमितकाे जाेखिम वर्गिकरण गर्दा सबै न्यून जाेखिम वर्गमा वर्गिकरण गरेकाे उल्लेख छ।

बीमा कम्पनीहरूले ग्राहकसँग बीमा काराेबार गर्दा काराेबारवापत प्राप्त हुने बीमाशुल्क वा दाबी भुक्तानी दि‌ंदा समेत काराेबारमा निहित जाेखिमकाे विश्लेषण गरेर ग्राहककाे वर्गिकरण गर्नुपर्ने प्रावधान छ । बीमांक रकम र बीमाशुल्क रकम जति धेरै हुँदै जान्छ, त्यस्ताे काराेबारमा निहित सम्पत्ति शुद्धिकरणकाे जाेखिम पनि बढ्दै जाने भएकाले काराेबार रकम, बीमितकाे पृष्ठभूमी, बीमितकाे आय श्राेत, बीमाकाे उद्देश्य लगायतबारे बीमा कम्पनीहरूले सुक्ष्मरूपमा विश्लेषण गरेर ग्राहककाे वर्गिकरण गर्नुपर्छ । बीमा कम्पनीहरूले वर्गिकरण प्रकृया झण्झटिलाे भएकाे कारण देखाउँदै सबै ग्राहकलाई सामान्य जाेखिमकाे वर्गमा राखेर स‌ंवेदनशील विषयमा लापरवाही गरिरहेकाे प्रतिवेदनकाे आशय रहेकाे छ।

Esewa
Crest

प्रतिवेदनमा नेपाल बीमा प्राधिकरणलाई बीमितकाे जाेखिम वर्गिकरण सम्बन्धी प्रावधान पूर्ण पालना गराउन लागी समेत निर्देशन दिइएकाे छ। सम्पत्ति शुद्धिकरण निवारण एन २०६४ काे प्रावधान अन्तर्गत रहेर प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आत‌ंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ जारी गरेकाे छ । याे निर्देशिकाकाे बुँदा नम्बर ११ निर्जीवन बीमालेखकाे हकमा वर्षभरमा ३ लाख रूपैयाँ वा साेभन्दा बढी र जीवन बीमाकाे हकमा १ लाख रूपैयाँ वा साेभन्दा बढीकाे बीमाशुल्क भुक्तानी गर्ने बीमितहरूकाे विवरण वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने प्रावधान छ । याे प्रावधानकाे पूर्ण पालना नभएकाे भन्दै महालेखा परिक्षकले कैफियत जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS