IME Life New

सम्पत्ति कर निर्धारणमा काठमाडौं महानगरले ल्यायो नयाँ प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर निर्धारणका सम्बन्धमा नयाँ प्रावधान ल्याएको छ।

महानगरपालिकाको असोज २२ गते बसेको कार्यपालिका बैठकले सम्पत्ति कर निर्धारणमा नयाँ प्रावधान ल्याएको हो। यो प्रावधान महानगरपालिकाको राजस्व समितिको सिफारिसमा ल्याइएको हो।

Esewa
Crest

अब चालु आर्थिक वर्ष २०८१।८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्यांकन दर सम्बन्धमा आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१)को खण्ड (घ)मा भएको प्रावधानको सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्यांकन दरलाई आधार मानिने भएको छ।

यसैगरी आर्थिक ऐन, २०८१ बमोजिम संकलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटी वा बढी हुन आएकाको हकमा २०८१ साउन १ गतेखि असोज मसान्तसम्म सम्पत्ति कर बुझाउने करदाताको हकमा घटी वा बढी भएको रकम आगामी ५ वर्षभित्र क्रमशः समायोजन गर्दै जाने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS