IME Life New

सम्पति बीमालेख जारी गर्दै बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले सम्पति बीमालेख जारी गर्ने भएको छ । बीमालेखको मस्यौदा तयारी पारी समितिको सञ्चालक समितिमा पठाईएको समितिले बताएको छ । अब बस्ने सञ्चालक समितिको बैठकले पारित गरेपछि औपचारिक रुपमा बीमालेख सञ्चालनमा ल्याईने समितिले बताएको छ ।

यस बीमालेखले अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, खस्ने वा भासिने सम्बन्धी क्षति, चट्याङजन्य, विस्फोटनजन्य र आकासीय सामाग्रीजन्य क्षतिबाट हुने हानि नोक्सानीको रक्षावरण गर्छ । त्यस्तै बीमालेखले धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन, आतंकबादजन्य र मिसाईल्ेटस्टिङ अपरेशनका कारणले हुने क्षतिको पनि रक्षावरण गर्छ ।

Esewa
Crest

साथै अतिरिक्त रकम भुक्तानी गरी सम्पतिको बीमा थप जोखिमको पनि रक्षावरण गर्न सकिन्छ । जस्तै, आर्किटेक्ट, इन्जिनियरिर वा सर्भेयरको शुल्क, भग्नावेश विस्थापनको पनि रक्षावरण गर्न सकिन्छ । तर, अनुसांगिक क्षति जस्तै, आम्दानी वा नाफामा भएको कमी वा क्षति, ढिलाईको कारणले भएको क्षति, ख्याति वा लोकप्रियितामा भएको हस वा क्षति, उत्पादन प्रणालीमा आएको अवरोधको कारणले भएको क्षति, बजारको कारणले भएको क्षतिको भने बीमालेख भुक्तानी गर्दैन । साथै यन्त्र उपकरणको टुटफुट, विद्युतीय उपकरण, कोल्ड स्टोरेजमा तापक्रममा भएको परिर्वतन, ब्वाइलर वा उच्च चापमा चल्ने यन्त्रको विस्फोटन, कम्प्यूटरमा भएको सुचना तथा तथ्यांक, अधिकार प्राप्त निकायबाट गरिएको क्षति लगायतका जोखिमको रक्षावरण गर्दैन ।

बीमकको तर्फबाट सहिछाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको मानिने छैन । बीमाशुल्क भुक्तानी नभएसम्म बीमालेख जारी गरिने छैन । साथै बीमा गर्दा बिमितले झुटट विवरण दिएमो भुक्तानी गर्न कम्पनी बाध्य हुने छैन । क्षति भएको ९० दिन पछि कुनै पनि क्षतिको भुक्तानी गर्न कम्पनी बाध्य हुने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS