IME Life New

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, भगवती क्लबलाई १५ हजार प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको पुतलीसडक शाखाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्त कम्पनीका कर्मचारी तथा स्थानीय बासीको बाग्लो उपस्थितीमा कार्यक्रम टोखा नगरपालिका २ मा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कर्जा प्रमुख सुवास श्रेष्ठले कम्पनीबाट कर्जा प्रवाह गर्दा के-के कागजात चाहिन्छ,कति समयसम्मका लागि कर्जा प्रवाह हुन्छ,कर्जा के हो , कर्जा किन लिने लगायतका विषयमा जानकारी दिए ।

Esewa
Crest

त्यस्तै, कार्यक्रममा वित्त प्रमुख रमेश घिमिरे र पुतलीसडक शाखाका शाखा प्रबन्धक विक्रम ज्ञवालीले बचत किन गर्ने, बचत भनेको के हो ?,बचत गर्दा केके फाइदा हुन्छन् ?, बैंकमा खाता किन खोल्ने, बैंक तथा वित्तीय संस्थामा पनि समृद्धि फाइनान्स नै किन रोज्ने भन्ने विषयमा जानकारी दिएका थिए ।

सोही कार्यक्रममा टोखा नगरपालिकामा रहेको श्री भगवती क्लबलाई १५ हजार रुपैयाँ सामाजिक सेवा अन्तर्गत कार्य गर्नका लागि हस्तान्तरण गरेको हो । उक्त रकम बराबरको चेक पुतलीसडक शाखाका शाखा प्रबन्धक विक्रम ज्ञवालीले प्रदान गरेका हुन् । कार्यक्रममा टोखा नगरपालिका २ का वडा अध्यक्ष पनि सहभागी भएका थिए ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी कुइज पनि आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त कुइजमा विजेता हुनेहरुलाई मायाको चिनो उपहार स्वरुप दिएको कम्पनीका पुतलीसडक शाखा प्रबन्धक विक्रम ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा त्यहाँका स्थानीयवासीले बचत तथा बैंक तथा वित्तीय संस्थाको बारेमा ज्ञान लिन पाउँदा खुशी व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिए ।

कम्पनीले आगामी दिनमा पनि यस्तै वित्तीय चेतना जगाउने खालका कार्यक्रमहरु देशव्यापी रुपमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS