IME Life New

समुन्द्रमा नेपाली पानी जहाज चलाउन भारत सहमत, बीमाको समस्या पर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली झण्डासहितको पानी जहाज समुन्द्रमा कुदाउने प्रधानमन्त्री केपी ओली सपना ढिलो चाँडो अघि बढिरहेकै देखिन्छ । यसै सन्दर्भमा भारतमा नेपाल–भारतका बाणिज्य सचिवहरुको बैठकमा नेपाली पानी जहाजलाई भारतीय बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय समुन्द्रमा सञ्चालन गर्न दिने सहमति भएको छ ।नेपालको विद्यमान बीमा ऐनले पानी जहाजको बीमा गर्नै नसक्ने अवस्थामा नेपाल र भारतका बीचमा उक्त सहमति भएको हो । नेपालको यातायात ऐनमा कुनै पनि सवारी साधन सञ्चालन गर्नुअघि तेस्रो पक्ष बीमा अनिवार्य छ । बीमा ऐन २०४९ ले पानी जहाज बीमाको व्यवस्था नगरेको हुँदा यदि नेपालले समुन्द्रमा पानी जहाज चलाएमा बीमा सम्बन्धी कानुनी समस्या पर्न सक्ने देखिएको छ ।

गत शनिबार नयाँ दिल्लीमा भएको दुई पक्षिय वार्तामा नेपाल र भारतका वाणिज्य सह–सचिवस्तरीय बैठकले दुई देशबीचको व्यापार सन्धि पुनरावलोकन गर्ने सम्झौताको मस्यौदामा सहमति जुटाई दुवै पक्षले हस्ताक्षर गरेका छन् । यसअघिको सम्झौता नविकरणको क्रममा नेपाली पक्षले समुन्द्रमा पानी जहाज चलाउन भारतले मार्गप्रशस्त गर्ने यसअघि केपी ओलीको भारत भ्रमणको क्रममा भएको सहमति कार्यान्वयन गर्दै नेपाली पानी जहाजलाई पोर्ट दिने बुँदा थप गरिएको छ ।

Esewa
Crest

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालकाअनुसार भारतसँगको छलफलका क्रममा जल तथा रेल यातायातका माध्यमबाट पारवहन सुविधा उपयोग गर्ने सम्बन्धमा महत्वपूर्ण सहमति भएको छ । हस्ताक्षर हुन बाँकी रहेको र मस्यौदामा सहमति जुटेको मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै मध्ये कुनै देशका उच्च भ्रमणको क्रममा हस्ताक्षर गर्ने चलन छ । मस्यौदामा जुटेको सहमति अनुसार भारतको हल्दिया, साहिबगन्ज, कालुघाट र वनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनलहरु प्रयोग गरी नेपाली सामान ढुवानी गर्न सकिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS