IME Life New

समाज लघुवित्तको शेयरभाउमा लगातारको बढोत्तरीमा ब्रेक, आज लाग्यो नकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको शेयरभाउमा लगातारको बढोत्तरीमा ब्रेक लागेको छ। आज यो संस्थाको शेयरभामाउमा नकारात्मक सर्किट लागेको हो।

समाज लघुवित्तको शेयरभाउ आज १० प्रतिशतले घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झरेको छ। आजमात्रै यो लघुवित्तको शेयरभाउ प्रतिकित्ता २१७.६० रुपैयाँले घटेको छ।

Esewa
Crest

करिब ३ वर्षअघि नै नेप्सेमा सूचीकृत समाज लघुवित्तको शेयर गत असार १ गतेबाट कारोबारमा आएको थियो। कारोबारमा आएयता यो लघुवित्तको शेयरभाउ दैनिकजसो उकालो लागेको थियो। पहिलो कारोबारमा ६४.८० रुपैयाँको ओपनिङ रेन्ज पाएको समाज लघुवित्तको शेयरभाउ बढेर गत बिहीबारसम्म २१७६.२० रुपैयाँ पुगेको थियो। अर्थात यो लघुवित्तको शेयरभाउ अंकित मूल्य १०० रुपैयाँका आधारमा २००० प्रतिशतभन्दा बढीले बढेको थियो।

आज समाज लघुवित्तको शेयरमा बिक्रीचाप देखिएको छ। यो समाचार तयार पर्दासम्म मार्केट डेप्थमा २ हजार ४२० कित्ता शेयर बिक्री पोस्ट भएको छ। जब कि खरिदतर्फ १ कित्ता पनि पोस्ट भएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS