IME Life New

समयमा वित्तीय विवरण तयार नपार्ने कम्पनीलाई बीमा समितिको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धारित समयमै वित्तीय विवरण तथा वार्षिक लेखापरीक्षण प्रतिवेदन तयार पार्न असफल बीमा कम्पनीलाई बीमा समितिले स्पष्टीकरण माग्न थालेको छ ।

आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्ने प्रावधान विपरित अधिकांश बीमा कम्पनीहरुले दुई वर्षदेखिको वित्तीय विवरण तयार पार्न नसकेको अवस्था छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि जीवन बीमा कम्पनीले लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन् । निर्जीवन बीमा कम्पनीहरु मध्ये सानिमा र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७७/७८ को साधारणसभा सम्पन्न गरेका छन् ।

Esewa
Crest

बीमा समितिले आर्थिक वर्ष २०७६।७७ को समेत वित्तीय विवरण तयार गर्न नसकेको भन्दै जीवन बीमा कम्पनीहरु नेपाल लाईफ, गुराँस लाईफ, सन नेपाल लाईफ, आइएमई लाईफ, रिलायबल नेपाल लाईफ, सानिमा लाईफ, यूनियन लाईफ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा कम्पनीहरु दि ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरिसकेको छ ।

समितिले कारबाही पछि पनि ति कम्पनीहरुलाई चाढो भन्दा चाढो वित्तीय विवरण तयार पार्न निर्देशन दिदै आएको छ । अघिल्लो आर्थिक वर्षमा लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने बीमा कम्पनीलाई कारबाही गरेको समितिले गत आर्थिक वर्षमा पनि नियम अनुसार समयमा लेखापरीक्षण तयार नपार्ने कम्पनीलाई कारबाही गर्ने भन्दै समयमै सम्पन्न गर्न ताकेता गरिरहेको छ ।

बीमा कम्पनीले समयमा लेखापरीक्षण प्रतिवेदन तयार नपारेको, वित्तीय विवरण तयार नपारेको तथा साधारणसभा नगरेको भन्दै विरोध भइरहेको छ । यसमा समितिले आफ्नो नियामकिय भुमिका निर्वाह गर्न नसक्दा यस्तो अवस्था आएको भन्दै विरोध भए पछि समितिले यस वर्ष कम्पनीहरुलाई ताकेता गरिरहेको छ ।

समितिले २०७६।७७ को वित्तीय विवरण पेश गर्न असफल बीमकलाई जरिवाना गरेलगत्तै २०७७।७८ को लेखा परिक्षण प्रतिवेदन पेश गर्न बाँकी रहेका बीमकलाई समेत पत्राचार गर्दै लिखित स्पष्टीकरण माग गरेको छ । बीमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्ने कार्य भइरहेको र केही बीमकले बीमांकीय मूल्यांकनको लागी भारतीय बीमांकीसमक्ष पेश गरिएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS