IME Life New

समता घरेलु लघुवित्तद्धारा तिन दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बनेपा । लक्षित वर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यका साथ समता घरेलु लघुवित्तले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले आफ्नो ईलाका प्रमुख लगायत शाखा प्रमुखलाई तिन दिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम धुलिखेलमा सम्पन्न गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्धारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को अधिनमा रहि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो । वित्तीय सचेतना अभिवृद्धि सम्बन्धी क्रियाकलापहरुलाई आगामी दिनमा अभियानको रुपमा अघि बढाउन वित्तीय संस्था भित्रै दक्ष प्रशिक्षकहरु तयार गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो । पैसाको व्यवस्थापन कसरी गर्ने, वित्तीय लक्ष्य मार्फत अल्पकालिन, मध्यकालिन र दिर्घकालिन आवश्यकताहरु कसरी पुरा गर्दै जाने, बचत तथा कर्जालाई कसरी व्यवस्थित गर्ने, पारिवारिक बजेटको उद्देश्य र यस्को उपयोगिता कसरी गर्ने, जोखिम व्यवस्थापन साथै सुरक्षित बैदेशिक रोजगारको सुनिश्चिता कसरी गर्ने, आवश्यकता तथा चाहनाको पहिचान आदि विषयवस्तुहरुमा तालिम अवधिमा प्रशिक्षण दिएको थियो । तालिमको सहजीकरण वित्तीय संस्थाको प्रवन्धक विश्व श्रेष्ठले गरेका थिए ।

Esewa
Crest

तालिम पश्चात सम्बन्धीत शाखा प्रमुखहरुले निर्धारित कार्ययोजना अनुरुप आगामी असार मसान्त भित्र बाह्र हजार भन्दा बढि लक्षित वर्गहरुलाई वित्तीय रुपमा साक्षर गराउने लक्ष्य रहेको साथै आगामी दिनमा ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न सीपमूलक तालिमहरु संचालन गर्दै जाने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS