IME Life New

समता लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिमरामा समताको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल क्लासिक, सिमरा बारामा कम्पनीको सातौं बार्षिक साधारण सभा भएको हो ।सभा संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमूख डा. कृष्ण प्रसाद पौडेलको प्रमूख आतिथ्य र आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त सभाले आफ्नो शेयरधनीहरुको लागि आर्थिक वर्ष २०७६/०७७ सम्मको वितरणयोग्य मुनाफाबाट २०७७ आषाढ मसान्तमा कायम कुल चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार ८ सय को २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांस (कर सहित) दिने निर्णय पारित गरेको छ ।

Esewa
Crest

साथै बनेपा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको घरेलु लघुवित्त वित्तीय संस्था लि. सँग शेयर आदान प्रदान दर (स्वाप रेसियो) १००ः८० (समताःघरेलु) कायम हुने गरी गााभ्ने गाभिने (मर्जर) सम्वन्धीे विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ ।

संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुद्धारा आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम तथा बजेट संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले प्रस्तुत गरेकोे थियो । कार्यक्रमको संचालन संस्थाका प्रवन्धक/कम्पनी सचिव विश्वराज श्रेष्ठले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS