IME Life New

सबै बीमा कम्पनीहरु दाबी भुक्तानी गर्न सक्षमः प्राधिकरणका अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्, प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ ।”

बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष सिलवालले भने, “बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवद्र्धन हुन्छ, प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ, उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैं तत्पर छ ।” अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको जानकारी दिए ।

Esewa
Crest

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुने हुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबीलाई सरल तुल्याउँदै लगिएको, बीमा कम्पनीमा छिटो प्रतिवेदन प्राप्त होस् भनेर बीमा सर्भेयरलाई सङ्ख्या तोकेर काममा लगाउने व्यवस्था गरिएको र बीमादरलाई समयानुकूल बनाउन परिमार्जन गरिएको स्पष्ट पारे ।

निर्देशक सुवेदीले हुलदङ्गा लगायतका बीमालाई स्वेच्छिक बनाउन र प्रहरी मुचुल्का तथा प्रहरी प्रतिवेदनलाई डिजिटल गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी प्रक्रियालाई सरल तुल्याउनुपर्ने, हुलदङ्गा बीमालाई अनिवार्य नगरी स्वच्छिक बनाउनुपर्ने, तेस्रो पक्ष बीमामा दायित्व रकम बढाउनुपर्ने, मोटर बीमामा ह्रास कट्टीलाई न्यून गर्नुपर्ने, प्रहरी मुचुल्का र प्रहरी प्रतिवेदनमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लगायतका पदाधिकारी, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश र शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS