IME Life New

सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य, बीमकलाई आवश्यक कार्य तत्काल गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमासम्बन्धी सबै किसिमका कारोबारमा आउँदो माघ महिनादेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सबै प्रकारका बीमकहरुका नाममा परिपत्र जारी गर्दै सबै किसिमका बीमासम्बन्धी कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी गराएको हो। माघदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको परिपत्रमा उल्लेख छ।

Esewa
Crest

यसैगरी बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ।

यो व्यवस्था कार्यान्वयनका लागि बीमकले आवश्यक प्रचारप्रसार आन्तरिक कार्यविधि निर्माण, सम्बन्धित फाराममा संशोधनलगायतका कार्य तत्काल गर्न प्राधिकरणले निर्देशन दिएको छ। नेपाल नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्न पनि परिपत्रमार्फत निर्देशन दिइएको छ।

२०८१ असार १० मा प्रकाशित नेपाल राजपत्र भाग ५ मा नेपाल सरकार गृह मन्त्रालयको सूचनाको बुँदा नम्बर (ख)मा बैंकिङ तथा वित्तीय सेवा प्रवाहमा आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS