IME Life New

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, ३२.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने, यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र(ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS