IME Life New

सपोर्ट लघुवित्तको खराब कर्जामा व्यापक सुधार, नाफामा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जामा व्यापक सुधार गरेको छ।

संस्थाले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको छ। समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) १.५४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सोही अवधिमा संस्थाको एनपीएल ३.५३ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न संस्थाले प्रोभिजनस्वरुप ८ लाख ४७ हजार छुट्याएको छ।

Esewa
Crest

खराब कर्जा घट्दा संस्थाको नाफामा उल्लेख वृद्धि भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ८६ लाख ४२ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा नाफा २४६.९३ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११३.८३ प्रतिशतले बढेर ७२ लाख ४ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३३ लाख ६९ हजार रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी भने घटेर २ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब २८ करोड सापटी लिएर १ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९९ करोड ४३ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ करोड ३९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १८.१५ रुपैयाँ, पीई रेसियो ५५.४९ गुणा र प्रतिशेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS