IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्स चार वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । नेपालको जीवन बीमा व्यवसायमा कम्पनीले छोटो अवधिमै अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ ।

कमलादीमा प्रधान कार्यालय रहेको सन नेपालले २० वटा शाखा कार्यालय मार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । १३ वटा जीवन बीमा पोलिसी बिक्री गर्दै आइरहेको सन नेपालले अभिकर्ताको सञ्जाल दशैभर फैलाउन सफल भएको छ ।

Esewa
Crest

स्थापनाको छोटो अवधिमै जीवन बीमा कोष २ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको सन नेपालले जगेडा कोषमा पनि ३४ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ । हालसम्म ४ अर्ब ३९ करोड रुपैयाँ भन्दा धेरै कुल बीमा शुल्क आर्जन गरिसकेको छ । करिव एक लाख ५६ हजार वटा बीमा पोलिसी जारी गरिसकेको छ ।

कम्पनीको मूख्य लगानीकर्तामा कयाल ग्रुप रहेको छ। सञ्चालक अध्यक्ष अनुज कयाल रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा राज कुमार अर्याल छन् । उनि बीमा समितिका पुर्व उप निर्देशक हुन् ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सन नेपालले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर जारी गर्ने तयारी गरेको छ । प्रिमियम सहित प्राथमिक शेयर जारी गर्ने तयारीले पनि कम्पनीको प्राथमिक शेयर निष्काशनमा ढिलाइ भइरहेको छ ।

स्थापनाको छोटो अवधिमा कम्पनीले प्राप्त गरेको व्यवसायिक उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबै प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी किसिमले जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS