IME Life New

सन नेपाल लाइफद्धारा ४ लाख ६४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देवदह नगरपालिका वडा नं ०६ खैरेनिमा मृत्य दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले देवदह नगरपालिका वडा नं ०६ घर भई सोही न.पा वडा न. ०५ खैरेनी बजारमा व्यापार गर्ने हुम बहादुर गुरुङ्गको एक्कासी मृत्यु भएकोमा उक्त रकम हुम बहादुर गुरुङ्गको श्रीमती पारवती गरुङ्गलाई हस्तान्तरण गरेको हो ।

देवदह नगरपालिका वडा नं ०६ का वडा सदस्य दम कमारी दजीले पारिवारिक क्षति भएको घाउमा आर्थिक सहयोगले राहत मिलेको बताए । कार्यक्रममा अभिकर्ता सिता कुमारी दर्लामीले परिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भएमा कम्पनीले र्आिर्थक व्ययभारबाट जोखिम वहन गर्न सहयोग पुगेको बताए ।

Esewa
Crest

उक्त बीमा दाबी वापतको रकम वडा नं ०६ का वडा सदस्य दम कुमारी दजी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका बुटवल शाखाका प्रवन्धक सुवास सेन, खैरेनि उपशाखा प्रमुख खिमा गुरुङ्ग कम्पनिका कर्मचारीहरु अभिकर्ताहरु तथा समाजसेवि स्थानिय व्यत्तिहरुको बाक्लो उपस्थितिमा हस्तान्तरण गरेको हो ।

बीमितले १ वर्ष अगाडि ४ लाखको बीमा गरेको एवं उत्त बीमाको प्रथम किस्ता बापतको रकम २७,८६८ रुपैयाँ बुझाएकोमा यसै कार्यक्रममा मृत्य दाबी बापत को रकम बुटवल शाखाका प्रवन्धक सुवास सेनले हुम बहादर गुरुङ्गको श्रीमती पारवती गरुङ्ग लाइ बीमाकं ,बोनस रकम एवं किरिया खर्च गरि जम्मा ४ लाख ६४ हजार ३३३ रुपैयाँ हस्थान्तरण गरेका हुन् ।

कार्यक्रममा बुटवल शाखाका प्रवन्धक सुवास सेनले बीमा गर्नु अहिलेको अवस्थामा अपरिहार्यता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS