IME Life New

सन् २०२४ को विश्वका उत्कृष्ट ५०० ब्राण्डको सूचीमा २८ वटा बीमा कम्पनी समावेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली ब्राण्डको सूचीमा २८ वटा बीमा कम्पनीको नाम समेटिएको छ। बौद्धिक सम्पत्तीका रूपमा रहेको ब्राण्डको मूल्यका आधारमा ब्राण्ड फाइनान्सले वार्षिकरूपमा शक्तिशाली ब्राण्डको सूची सार्वजनिक गर्दै आएको छ।

सन् २०२४ को विश्वका ५०० सबैभन्दा मूल्यवान र शक्तिशाली ब्राण्डको सूचीमा विभिन्न देशका २८ बीमा कम्पनी समावेश गरिएका छन् । कम्पनीले विश्वका ३८ देशका ४१ क्षेत्रबाट ५ हजारभन्दा बढी ब्राण्डको सम्बन्धमा १ लाख ५० हजार ग्राहकको रायका आधारमा मूल्याङ्कन गरेको हो ।

Esewa
Crest

जर्मनीमा मुख्यालय रहेको पुनर्बीमा कम्पनी एलियान्ज समूह बीमा क्षेत्रमा विश्वको सबैभन्दा मूल्यवान र शक्तिशाली ब्रान्डको सूचीमा शीर्ष स्थानमा छ । यसैगरी दोस्रो स्थानमा चीनको अग्रणी बीमा कम्पनी पिङ एन छ। विश्वका उत्कृष्ट ५ सय ब्राण्डको सूचीमा बीमा क्षेत्रमा यी दुई कम्पनीको नाम पहिलो सयमा परेको छ । जहाँ एलियान्ज समूहको स्थान २८ औं र पिङ एनको स्थान ३१ औं स्थानमा छ ।

शीर्ष ५०० सूचीमा समेटिएका २८ बीमा कम्पनीमध्ये सातवटा चिनियाँ बीमा कम्पनी नै छ । ती मध्ये चिनियाँ चाइना लाइफ सूचीमा १०९औँ, सिपिआइसी विश्वको उत्कृष्ट १२६ औं र पिआइसीसी १६० औं स्थानमा छ। चीनकै एआइए १६१ औं स्थानमा छ।

यसबाहेक र फ्रान्सको एक्जा इन्स्योरेन्स ११८ औं स्थानमा दरिएको छ । अमेरिकाको जिइआइसिओ १३९ औं स्थानमा छ। यो वर्ष अमेरिकी बीमा कम्पनी मेटलाइफ सूचीमा १६६ औं स्थानमा उक्लिएको छ । यसअघि, मेटलाइफ ब्रान्ड फाइनान्सको २०२३ को विश्वको शीर्ष ५०० ब्रान्डको सूचीमा १८४ औं स्थानमा थियो। अर्थात् गत वर्षको तुलनामा यस वर्ष मेटलाइफ १८ पाइला अघि बढेको छ ।

ब्रान्ड फाइनान्सको यस सूचीमा एलियान्ज समूहको ब्रान्ड भ्यालु ४६ हजार ८८९ मिलियन अमेरिकी डलर र पिङ एनको ब्रान्ड भ्यालु ४४ हजार ३६९ मिलियन अमेरिकी डलर उल्लेख गरिएको छ ।

यस वर्ष बीमा क्षेत्रका २८ कम्पनीमध्ये अमेरिकाको ८, जापानको २, जर्मनीको २, इटालीको २, स्वीट्जरल्यान्डको २, क्यानडाको २, बेलायतत को १, बेलायतका १ कम्पनीले बीमा गरेका छन् । यसवर्षको ब्रान्ड भ्यालु र्याङ्किङमा फ्रान्स र भारतबाट १ स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS