IME Life New

सडक सुरक्षाको लागि गण्डकी प्रदेश सरकारलाई सुझाव पेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुका तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकार लाई सुझाव–पत्र पेश गरेका छन्। प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुको टोलिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का लाई सुझव पत्र पेश गरेको हो।

उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगाएतका बिषयहरु समेटिएका छन् । हरेक दिन सडक दुर्घटनाबाट करीव एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाईते तथा अंगभंग भई जिवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरुको खोजि र तिनको कार्यान्वयनका लागि सुझाव दिईएको अभियानकर्ता मध्येका नासा नेपालका गोविन्द भट्टराईले बताए ।

Esewa
Crest

उनले भने–‘हामीले मन्त्री ज्यू मार्फत सुझाव पत्र पेश गरेका छौं । उहाँले सडक शुरक्षाको विषय गम्भिर रहेको र सुझावका लागि धन्यवाद दिनुभएको छ ।” अभियानकर्ता भट्टराईले यस्तो सुझाव सबै प्रदेश सरकारलाई वुझाइएको बताए ।

सुझाव पत्रमा नेशनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, संचार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेशागत र ब्यबसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिईएको छ।

त्यसैगरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरुको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पीड लिमिट) सम्वन्धी ऐन, मोवाइल प्रयोगमा प्रतिवन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता बिषयहरु समेटीएका छन् । सुझाव पत्र बुझ्दै गण्डकी प्रदेशका मन्त्री खड्काले संघ संस्थाहरुबाट आएका सुझावहरुलाई सकरात्मक रुपमा लिइएको बताए ।

उक्त सुझावपत्रमा स्वास्थ्यकर्मी तथा नेपाल अर्थेपेडिक एसोसीएसनसका पुर्व अध्यक्ष डा. बुलन्द थापा, नासा फाउण्डेसन नेपालका भगवती सेढाई, एकेडेमीक नेटवर्क फर रोड सेफ्टि रिसर्चका गीरी राज दाहाल ,सञ्चारकर्मी भगीरथ योगी , सडक सुरक्षा अनुसन्धानकर्ता डा। पुष्पराज पन्त,स्वतन्त्रता अभियान नेपाल ऋतु भट्ट राई, नेसनल एलाएन्स् फर सेफ एण्ड सष्टेनेवल मोविलिटिका नीतु पण्डित, कमिनिटि डेभलोपमेन्ट फाउण्डेसनका रजनी के.सी सहितको टिम संलग्न रहेको छ ।

यस्तै सम्पूर्ण अभियानकर्मीको तर्फबाट भुतपूर्व खेलाडि मञ्चका सचिव केशव पाठक, सञ्चारीका समूह गण्डकीका कविता श्रेष्ठ, इन्टरनेशनल अटोमोबाइल फेडेरेसनका गोविन्द प्रसाद भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS