IME Life New

सञ्चय काेषले सामाजिक सुरक्षा अन्तर्गत वर्ष दिनमै दियाे ३७ कराेड रूपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । कर्मचारी सञ्चयकाेषले याेगदानकर्ता कल्याण कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा कूल ३७ कराेड ४१ लाख रुपैयाँ वितरण गरेकाे छ। काेषले प्रकाशन गरेकाे तथ्या‌ंक अनुसार गत आव २०७९।८० मा काेषमा आबद्धमध्ये २२ हजार ४९५ सञ्चयकर्ता र तिनकाे आश्रित परिवारजनलाई राहत स्वरुप याे रकम वितरण गरिएकाे हाे ।

स्वास्थ्य उपचार सुविधावापत कूल ७ कराेड ६५ लाख रुपैयाँ भुक्तानी पाएका छन् । काेषले वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्चवापतकाे रकम साेधभर्ना गर्छ। यसैगरी घातक राेगकाे उपचारका लागी ५४० सञ्चयकर्ताले कूल ९ कराेड ५९ लाख रुपैयाँ भुक्तानी लिएका छन् । घातक राेगकाे उपचारमा काेषले प्रति व्यक्ति अधिकत्तम १० लाख रुपैयाँ साेधभर्ना गर्दै आएकाे छ। सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत सञ्चयकर्ताले १४ कराेड ३१ लाख ५२ हजार रुपैयाँ भुक्तानी पाएका छन् । काेषका अनुसार सुत्केरी तथा शिशु स्याहार सुविधाबाट गत आवमा १९ हजार ८७ जना लाभान्वित भएका थिए ।

Esewa
Crest

काजकिरिया अनुदान वापत ७९० सञ्चयकर्ताकाे आश्रित परिवारलाई कूल ३ कराेड १५ लाख ५० हजार रुपैयाँ काेषले भुक्तानी गरेकाे छ। यसबाहेक दुर्घटनामा परेर ज्यान गुमाएका १६४ सञ्चयकर्ताका परिवारलाई कूल ३ कराेड २८ लाख रुपैयाँ राहत रकम वितरण गरिएकाे काेषले प्रकाशन गरेकाे पत्रिकामा उल्लेख छ। काेषले दुर्घटनामा जेयान गुमाएका सञ्चयकर्ताकाे आश्रितजनलाई २ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउँदै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS