IME Life New

सञ्चयकर्ता र कर्मचारीको डिम्याट खातामा मध्य भोटेकोशीको शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारीहरू एवं सञ्चय कोषका कर्मचारीहरूको लागि २०७५ पुस ४ गते र आयोजना प्रभावित बासिन्दाहरूको लागि २०७८ असोज १२ गते बाँटफाँड गरिएको शेयर सम्बन्धित शेयरधनीहरूले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले सम्बन्धित शेयरधनीको हितग्राही खातामा फागुन १० गते शेयर जम्मा गरिदिएको जनाएको छ ।

हितग्राही खातामा शेयर जम्मा हुन बाँकी रहेको शेयरधनीको सूची शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको बेवसाइट र कम्पनीको बेवसाइटमा राखिएको कम्पनीले बताएको छ । उक्त सूचीमा उल्लेख गरिएको शेयरधनीले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय तथा पोखरा, विराटनगर र हेटौंडास्थित शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो शेयर विवरण प्रमाणित गर्नुपर्नेछ ।

Esewa
Crest

त्यसपछि सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लकइन पिरियडसहितको डीआरएनमार्फत सहज तरीकाबाट अभौतिकीकरण गर्न कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ । त्यस्तै आयोजना प्रभावित बासिन्दाको हैसियतमा शेयर प्राप्त गरेकाहरूलाई हितग्राही खाता अद्यावधिक गराउन तथा हितग्राही खाता नखोलेका शेयरधनीलाई यथाशीघ्र खोल्न अनुरोध गरिएको छ ।

हितग्राही खाता खोलेपछि शेयरधनीले शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, पोखरा, विराटनगर वा हेटौंडास्थित शाखा कार्यालयमा सम्पर्क राखी आफूले दरखास्त बुझाउँदा लिएको अर्धकट्टी र हितग्राही खाता खोलेको प्रमाणपत्रसहित आवेदन दिनुपर्नेछ । शेयर रजिष्ट्रारको कार्यालयमा आवेदन प्राप्त भएको १५ दिनभित्र हितग्राही खातामा शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

त्यस्तै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, सञ्चय कोषका कर्मचारी एवं आयोजना प्रभावित बासिन्दाको लागि निष्कासन गरी बाँडफाँड गरिएको कम्पनीको शेयर लकइन पिरियड २०८१ कात्तिक ११ गतेसम्म कायम रहेको जनाएको छ । त्यसपछि मात्रै यो शेयर खरीदविक्री गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS