IME Life New

सचेतना अभियान लिएर बीमा समितिका अध्यक्ष डोल्पामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशैभरिका स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रममार्फत बीमा सचेतना अभियानमा रहेको बीमा समिति डोल्पा पुगेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, उप निर्देशक निर्मल अधिकारीसहितको टिम डोल्पाको दुनै पुगी स्थानीय निकायसँग बीमा सचेतना कार्यक्रम गरेर फर्केका छन् ।

यही कार्तिक १ गते हिमाली जिल्ला डोल्पाको दुनैमा आयोजित कार्यक्रममा स्थानीय निकाय, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु सहभागी थिए । ‘स्थानीय तहसँग बीमा समिति’ राष्ट्रिय अभियान अन्तर्गत ठूलीभेरी नगरपालिकामा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, उद्योग बाणिज्य संघ डोल्पाका अध्यक्ष मिन बहादुर बुढा, ठुलीभेरी नगरपालिकाका मेयर गणेश बहादुर शाही लगायतको उपस्थितिमा बीमा समितिका अध्यक्ष चापागाईले बीमा सम्बन्धमा आवश्यक जानकारी दिएका थिए । चापागाईले जीवन बीमा, कृषि बीमा तथा पशु बीमाले निम्न आय भएका जनतालाई हुने लाभका सम्बन्धमा जानकारी गराएका थिए । साथै न्यून आय भएका जनतालाई लघु बीमाको सुविधा रहेको जानकारी समेत सोही कार्यक्रममा दिइयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशरीले बीमाले मानिसको भौतिक क्षतिमा आर्थिक राहत पाई आश्रित परिवारको भविष्य सुनिश्चित हुने जानकारी दिए । स्मरणरहोस्, कर्णाली प्रदेश सरकारले आफ्ना सबै जनताको एक रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS