IME Life New

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँ भएको छ । कम्पनीले आज फाल्गुण २५ गते बिहीबार स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११,२०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४,३६,८०० कित्ता शेयर बाँडफाँड गरेको जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

स्थानियबासीको हकमा १० कित्ता देखि ३,००० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३,०८० कित्ता र ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११,२०,००० कित्ता शेयर बाँडफाँड गरेको हो ।

Esewa
Crest

त्यस्तै, विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने ९,५४१ जना मध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४,३६,८०० कित्ता शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS