IME Life New

सगरमाथा जलविद्युतको आइपीओ आजसम्म भर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । माघ ५ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा भने माघ २६ गतेसम्म विक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

Esewa
Crest

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर भने विदेशमा रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको हो ।

यस शेयर खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अघिकतम कित्ताको हकमा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सि–आस्बा प्रणाली मार्फत मात्र आवेदन दिन सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS