IME Life New

संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्दै ग्रीन डेभलपमेन्ट बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्दै ५१ः४९ अनुपात कायम गर्ने जनाएको छ।

बैंकका अनुसार संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गरिनेछ। जसअनुसार संस्थापक समूहको २६ लाख ४६ हजार ९०० कित्ता र सर्वसाधारणको २५ लाख ४३ हजार १०० कित्ता शेयर कायम हुनेछ।

Esewa
Crest

बैंक सञ्चालक समितिको शेयर संरचना परिमार्जनको विशेष प्रस्ताव चैत २७ गते हुने दसौँ तथा एघारौँ वार्षिक साधारणसभा थप गरिने निर्णय पनि गरेको छ। यसअघि वार्षिक साधारणसभाको अजेन्डामा यो प्रस्ताव समावेश थिएन।

राष्ट्र बैंकले पनि शेयर संरचना परिवर्तमान स्वीकृति दिइसकेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS