IME Life New

संस्थागत कोरोना बीमामा अनुदान नपाइने, अण्डरराईटिङ प्रक्रिया नपुर्याए कम्पनीबाट शोधभर्ना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आजबाट सहुलियतपूर्ण कोरोना बीमा औपचारिक रुपमा सुरुवात गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिका सल्लाहकार भोजराज शर्मा तथा नेपाल बीमक संघको पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सहुलियतपूर्ण कोरोना बीमाको औपचारिक सुरुवात गरेको हो । आजबाट सुरु भएको सहुलियतपूर्ण कोरोना बीमामा संस्थागत रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान नपाइने भएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले भने, ‘सरकारले अनुदान दिने भनेको प्राकृतिक व्यक्तिले स्वयम्को कोरोना बीमा गर्दा मात्रै हो, यदि कुनै संस्थाले आफ्ना कर्मचारीहरुको सामूहिक रुपमा कोरोना बीमा गर्न चाहेमा अनुदान उपलब्ध हुँदैन ।’ आजबाट सुरु गरिएको सहुलियतपूर्ण कोरोना बीमाको जोखिम बहन असार मसान्तसम्म हुनेछ । बीमा समितिका अनुसार सहुलियतपूर्ण बीमालेख बाहेकका शुल्क तिरेर गरिने संस्थागत बीमालेख भने चैत्र मसान्तसम्मको मात्रै अवधी हुनेछ ।

Esewa
Crest

नयाँ व्यवस्था अनुसार कोरोना बीमा गर्दा स्थानीय निकायले तीन वटा कुराहरु प्रमाणित गर्नुपर्ने हुँदा झन्झटिलो भने हुनेछ । सहुलियतपूर्ण कोरोना बीमाको लागि एकाघरको सम्पूर्ण सदस्यहरुको स्थानीय तहले प्रमाणित गरेको कागजात, एकाघरका परिवारको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय निकायले गरेको प्रमाणित कागजात र विगत ३० दिनदेखि नेपालमै बसोबास गरेको भन्दै स्थानीय निकायले प्रमाणित गरेको काजगात भएपछि मात्रै कोरोना बीमा हुनसक्नेछ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराउँदै अनुदानको लागि कोरोदा बीमा दावी गर्दा आवश्यक सम्पूर्ण प्रक्रिया नपुर्याई कोरोना बीमा दावी गरिएको अवस्थामा सो बीमा पोलिसीको अनुदान प्राप्त नहुने र त्यस्तो अवस्थाबाट बीमा गराउने कम्पनीबाटै शोधभर्ना तिर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS