IME Life New

संसदमा बीमा बहसः भद्दा मस्यौदामाथि टुक्रा टुक्रामा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबारदेखि अर्थ समितिमा बीमा विधेयकको मस्यौदामाथि छलफल सुरु भएको छ । सभापति कृष्ण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा छलफलको क्रममा समितिका सांसद, सरोकारवाला निकाय भएकोले अर्थमन्त्री, अर्थमन्त्रालयका प्रतिनिधि तथा बीमा समितिको टिम नै सहभागी थियो ।

Esewa
Crest

शुक्रबारको छलफलमा संसदीय मर्यादाको विषय निकै खट्किएको देखिन्थ्यो भने कतिपय त्रुटीपूर्ण कुरा समेत मस्यौदामा राखेर अनावश्यक रुपमा संसदको समय व्यतित गर्ने काम समेत भएको पाइएको छ । सांसदहरुले सोधेको प्रश्नको जवाफ सरकारको तर्फबाट सभापतिसँग समय लिएर अर्थमन्त्रीले जवाफ दिने चलन छ । तर, शुक्रबारको बैठक संसदीय कार्यविधि भन्दा फरक तरिकाले चलिरहेको थियो । एक पटकमा एक जना मात्रै बोल्नुपर्नेमा ‘सरकार’ तर्फबाट २।३ जना आपसी बाझिने कुरा गरिरहेका थिए । जुन संसदीय अभ्यास होइन् । सांसदहरुले अर्थमन्त्रीसँग जवाफ माग्ने र अर्थमन्त्रीले जवाफ दिने, अर्थमन्त्रीले जवाफ दिन अध्ययनका कारण नसकेमा सरोकारवाला निकायलाई अघि सार्ने चलन छ । तर, शुक्रबारको छलफल अर्थमन्त्री निकै खुकुलो ढंगले प्रस्तुत हुँदै अधिकांश प्रश्नका जवाफ दिन बीमा समितिलाई लगाएका थिए ।

सांसदहरुले प्रश्न उठाउँदा र सभापतिले कतिपय बुँदा पढ्ने वित्तिकै ‘सरकार’ तर्फ रहेकाहरु आफैले भन्थे ‘यो गल्ती छ, सच्याउनु पर्छ ।’ मस्यौदाको दफा २७ को (ड) को बुँदा अर्थ समितिका सभापति दाहालले पढ्ने वित्तिकै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले भने ‘यो मिस्टेक छ, सच्याउनु पर्छ ।’ आफैले ड्राफ्ट गरेको बिधेयकमा त्रुटीपूर्ण कुराहरु समावेश गरेर मस्यौदा नै भद्दा बनाएर संसदको समय किल गरेको आरोप अर्थमन्त्रालयमाथि लागेको छ । समितिका कतिपय सांसदहरुले असाध्यै भद्दा विधेयक पेश गरेको आरोप लगाएका छन् । तर, शुक्रबारको छलफल भने टुक्रा टुक्रामाथि भइरहेको थियो ।

संस्थापना र स्थापनामा बहस
बीमा बिधेयकमा उल्लेख गरेको संस्थापन र स्थापना शब्दका बारेमा सांसदहरुले चासो राखेपछि निकैबेर उक्त शब्दमाथि बहस भयो । संस्थापना र स्थापना एउटै कुरा हो कि फरक फरक कुरा हो ? भन्नेमा बहस भएको थियो ।

प्रकार र किसिममा अन्योल
बीमा विधेयकमा उल्लेख भएको बीमा कम्पनीका प्रकार र किसिममा सांसदहरुले नबुझेपछि प्रश्न गरे । बीमा समितिका अध्यक्ष चापागाँईले प्रष्ट पार्दै किसिम भनेको निर्जिवन, जीवन र पुनर्बीमा तीन किसिमका कम्पनी भन्ने अथ्र्याए भने प्रकार भन्नाले तीन किसिमभित्र पनि विशेष प्रकार भन्ने अथ्र्र्याए ।

‘तोकिएको’ बारे धेरै प्रश्न
नयाँ बीमा कम्पनी संस्थापना गर्दा पुर्याउने प्रक्रियाको सम्बन्धमा धेरै स्थानमा तोकिए बमोजिमको कागजात पेश गर्नुपर्ने, प्रक्रिया पूरा गर्नुपर्ने भन्ने वाक्यांश राखेर अल्झाउने हुँदा प्रष्ट पार्न माग गरेका थिए । सो क्रममा अर्थमन्त्रालयका अधिकारीले ८७ स्थानमा तोकिएको भन्ने वाक्यांश रहेको प्रष्टिकरण दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS